बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

तुलसीपुरको आगामी बजेट साढे ३ अरब

दैनिक नेपाल २०७८ असार ९ गते २१:५२

तुलसीपुर, ९ तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले अगामी आर्थिक बर्षकालागि ३ अरब बजेट ल्याउने तयारी गरेको छ ।

उपप्रमुख माया आचार्यले भोली हुने नवौ नगरसभामा आर्थिक बर्ष २०७८/०७९ का लागि ३ अरब ३९ करोडको हाराहारीमा बजेट ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

प्रवक्ता डाँगीका अनुसार विनियोजित बजेट मध्य सबै भन्दा बढी विकास तर्फ एक अरब ६२ करोड, १६ लाख अनुमानित बजेट पेश गर्ने तयारी गरिएको छ ।

जुन कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ । त्यसैगरी सामाजिक सुरक्षा तर्फ ४० करोड र चालुतर्फ एक अरब ३५ करोड बजेट विनियोजन गरिएको छ ।

वडा तर्फ प्रतिवडा एक रोड ७० लाख बजेट दिने तयारी गरिएको छ भने कार्यपालिका सदस्यहरुको सिफारिसमा खर्चहुनेगरी प्रति व्यक्ति ४० लाख बजेट विनियोजन गरिएको छ । र्कापालिकामा मनोनित सदस्यको संख्या ७ जना रहेको छ ।

गत बर्षलाई तुलना गर्दा आगामी बर्षका लागि एक अरब भन्दा बढी बजेट ल्याउन लागिएको छ । चालु आर्थिक बर्षमा २ अरब ३४ करोड ३७ लाख, ६४ हजार वजेट विनियोजन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित