शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बलिउडमा छोटो समयमै हुमालाई सफलता

दैनिक नेपाल २०७८ साउन १५ गते ७:३०

मुम्बई । बलिउडमा सफलता हासिल गर्न धेरैले ठूलो संघर्ष र मेहनत गरेका हुन्छन् । त्यसमध्ये केहीले मात्र सफलता हात पार्छन् भने कोही निरास बन्नु सिवाय अर्को उपाय हुँदैन । कोही भने रातारात स्टार पनि बनेका छन् । त्यसैमध्येमा पर्छिन, हुमा कुरेसी ।

दिल्ली विश्वविद्यालयमा पढाइ सकाएपछि थिएटरमा लामो समय बिताएकी हुमाले विभिन्न विज्ञापनहरूमा पनि काम गरिन् । उनले हिन्दुस्तान युनिलिभरसँग सम्झौता नै गरेर विज्ञापनहरूमा काम गरेकी थिइन् । विज्ञापनमा मोडलिङ गर्ने क्रममा उनको भेट चलचित्र निर्देशक अनुराग कश्यपसँग भएको थियो ।

एक मोबाइल कम्पनीको विज्ञापनको सुटिङ चलिरहँदा कश्यपको नजर हुमामाथि परेको थियो । त्यसपछि उनी रातारात स्टार बन्न सफल भइन् ।

‘ग्याङ्स अफ वासेपुरा’मार्फत उनले फिल्मी दुनियाँमा कदम राखेकी थिइन् । उनले बलिउडमा पाइला राखेको एक दशक पनि भएको छैन । उनी सफल अभिनेत्रीका रुपमा दरिन पुगेकी छन् ।

उनको अभिनयलाई दर्शकले पनि निकै मन पराएका छन् । ‘ग्याङ्स अफ वासेपुरा’पछि ‘डी डे’, ‘डेढ इस्किया’, ‘जोली एलएलबी–२’, ‘काला’लगायत थुप्रै चलचित्रमा उनले काम गरिसकेकी छन् । उनले चलचित्रसँगै वेब सिरिज ‘लैला’मा पनि काम गरिसकेकी छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित