शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

साउन १५ का अवसरमा एमाले पार्टी कार्यालयमा खीर खुवाइने

दैनिक नेपाल २०७८ साउन १५ गते ११:३५

काठमाडौँ, १५ साउन । नेकपा एमालेले साउन १५ का अवसरमा पार्टी कार्यालयमा खीर खुवाउने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा साउन १५ को अवसरमा खीर खुवाउने कार्यक्रम राखिएको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

नेपाली किसानहरुले साउन १५ लाई खीर खाने दिनको अवसरका रुपमा मनाउँदै आएकाले त्यसैलाई निरन्तरता दिन पार्टीले यो कार्यक्रम आयोजना गर्ने भएको हो ।

शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित