शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

हराएकी ६ वर्षीया बालिकाको शव इनारमा फेला

दैनिक नेपाल २०७८ साउन १५ गते १६:०५

सांकेतिक तस्वीर

धनुषा, १५ साउन । गणेशमान चारनाथ नगरपालिका– १० बरमाझियाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ ।

सोमबार विहान घरबाटै हराइरहेकी प्रीति यादवको शव आज इनारमा फेला परेको हो । बालिका पिता वीरेन्द्र यादवका अनुसार सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित