बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

टोखालाई चीनको नाङसु नगरद्वारा स्वास्थ्य सामग्री सहयोग

दैनिक नेपाल २०७८ साउन १५ गते १६:४७

काठमाडौँ, १५ साउन । टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

टोखाका नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सेट्रेटर, अक्सिजन सिलिन्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । ती दुई नगरका बीचमा भगिनी सम्बन्ध छ । –रासस

प्रतिक्रिया
सम्बन्धित