शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लुम्बिनीमा तीन जना मन्त्रीको सांसद पद गुम्यो

दैनिक नेपाल २०७८ साउन १५ गते १६:५८

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशका तीन जना मन्त्रीहरुको प्रदेशसभा सांसद पद गुमेको छ ।

जनता समाजवादी पार्टी (जसपा) का सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय प्रदेशसभा सांसद पदमुक्त भएका प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जानकारी दिएका छन् ।

यसअघि नै पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए ।

उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट ११ साउनमा पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ ।

यस्तो छ सूचनाः

प्रतिक्रिया
सम्बन्धित