बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रतिनिधिसभामा वार्षिक प्रतिवेदन पेश

दैनिक नेपाल २०७८ साउन १५ गते १७:३७

फाइल तस्वीर

काठमाडौँ, १५ साउन । प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६/७७’ पेश गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिनको १ः ०० बजे बस्ने छ । –रासस

प्रतिक्रिया
सम्बन्धित