शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कर्णालीमा जीप खस्दा श्रीमान श्रीमती बेपत्ता, तीन जना छोराछोरी घाइते

दैनिक नेपाल २०७८ साउन १५ गते १७:४३

फाइल तस्वीर

काठमाडौँ, १५ साउन । कैलालीको कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खस्दा डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी बेपत्ता भएका हुन् ।

दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, ४ वर्षीया सावित्री र ३ वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरुमध्ये सावित्री र भुवनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

जीप पछाडी सार्ने क्रममा सडकबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ

नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित