शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्मार्ट लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

दैनिक नेपाल २०७८ साउन १५ गते २०:०३

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ ।

मन्त्रालयले संक्रमण दर बढ्दै गएपछि स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको सीसीएमसीको निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

स्मार्ट लकडाउनको प्रस्तावबारे अर्को बैठकले निर्णय गरिने बताइएको छ ।

उनका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर मुलुकलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्ने तयारी भएको छ ।

त्यसका आधारमा सम्बन्धित जिल्लाले स्मार्ट लकडाउन गर्न सक्ने व्यवस्था हुने बुझिएको छ ।

यसैबीच सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न निर्देशन दिएका छन् । कतिपय मुलुकमा कागजी प्रमाणलाई मान्यता नदिनइने भएकाले क्यूआर कोड लागू गर्न उनले निर्देशन दिएका हुन् ।

केही दिनदेखि नै क्यूआर कोडसहित खोप कार्ड वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित