बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सानिमा बैंकद्वारा बाल अस्पताल निर्माणका लागि काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

दैनिक नेपाल २०७८ साउन १५ गते २०:५२

काठमाडौँ, १५ साउन । सानिमा बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौँ लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

सो समझदारी पत्रमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुनुहुन्छ ।

सानिमा बैंकको देशभर हाल सम्म ८६ वटा शाखा संजाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा ए.टि.एम. रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित