शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रहरीद्वारा ३३ किलो सुन काण्डका फरार आरोपित पक्राउ

दैनिक नेपाल २०७८ साउन १५ गते २१:०३

सांकेतिक तस्वीर

काठमाडौँ, १५ साउन । ३३ किलो सुन काण्डका फरार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार झापाको गौरादह नगरपालिका ५ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहर परिसर खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिएको हो ।

भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित