बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको १४औं वार्षिक उत्सव सम्पन्न

दैनिक नेपाल २०७८ पुष ११ गते १०:०२

काठमाडौं, ११ पुस । रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयरले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४औं वार्षिक उत्सव शनिबार काठमाडौंमा सम्पन्न गरेको छ ।

अभिनेत्री करिश्मा मानन्धरको प्रमुख आथित्यतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा स्वयम् मानन्धरसहित रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि करिश्मा मानन्धरले व्यक्ति आफैमा सुन्दर भए पनि ब्युटी केयरको महत्व र आवश्यकता दिनप्रतिदिन बढ्दै भएको धारणा व्यक्त गरेकी छिन् । ‘म राम्री हुँला तर, पर्दामा देखिरहनु पर्ने भएकाले हामीलाई सुन्दताको महत्व अति नै हुने गर्दछ,’ उनले भनिन्, ‘पछिल्लो समय रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले पनि मेरो सुन्दरतामा निखार आएको छ । ’

अभिनेत्री करिश्माले आफुहरु चलचित्रमा आउँदा त्यतिबेला सुविधा सम्पन्न व्युटीपार्लर र गुणस्तर युक्त कस्मेटिकको निकै अभाव रहेको बताइन् । तर अहिले खुलेका रश्मिलाज फेसियल हाउस जस्ता व्यटीपार्लरले हजारौं ग्रहकलाई सुन्दर बनाएको पनि करिश्माको भनाइ छ ।

रश्मिलाज फेसियल हाउसलाई १४औं वर्षिक उत्सबको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उधोगको रुपमा सेवा गरेकोमा खुशी व्यक्त गरिन् ।

यस्तै अभिनेता तथा चलचित्र निर्देशक दिनेश डिसीले काठमाडौंमा रहेको ब्युटीपार्लरहरुमा गुणस्तरीय सेवाको हिसाबले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको बताए । उनले पनि आफु लामो समयदेखि रश्मिलाज फेसियल हाउसमा जोडिएको बताउँदै यस रश्मिलाज फेसियल हाउसलाई अझ धेरै सफलताको कामना गरे ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उद्देश्यले १४ वर्षअघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको जानकारी दिइन् । यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नाका साथै आफूहरूले मासिक रुपमा हजारौं ग्राहकलाई सौन्दर्यसम्बन्धी पूर्ण सेवा दिन सकेको उनको भनाइ छ ।

रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले विशेषतासँगै यसको आगामी योजनाबारे कार्यक्रममा जानकारी गराए । १४औं वार्षिक उत्सव कार्यक्रमका अतिथिहरु ब्रानबोर्ड टाउन केन्टकी अमेरिकाका नगरपालिका सदस्य रामचन्द्र श्रेष्ठ, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, निर्माण व्यवसायी संघ धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउसलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित