शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘द हेरिटेज’पछि ‘नेपाल फेशननिस्टा २०२२’ आयोजना गर्दै एएसएपी इन्टरटेन्मेन्ट

दैनिक नेपाल २०७८ पुष १२ गते १०:०२

काठमाडौं, १२ पुस । नेपालको मौलिकतालाई जोगाउन विगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा २०२२’ आयोजना गर्ने भएको छ ।

आगामी माघ १ अर्थात् जनवरी १५ तारिखका दिन पोखरामा हुन लागेको फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाउने छन् ।

सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत हुने हुने फेशननिस्टामा नायिका निता ढुंगाना, मोडेल तथा नृत्याङ्गना एन्जल श्रेष्ठ, सन्तोष अधिकारी , दिपक घिमिरे, दिक्पाल कार्की आकर्षक डिजाइन र्याम्पमा प्रस्तुत हुने छन् ।

विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्यस्वरुप एएसएपीले हरेक वर्ष ‘द हेरिटेज’ नामक फेसन शो गरेर नेपाली सामाजमा आफ्नो छुट्टै छाप छोडेको छ ।

यसअघि २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको एएसएपी इन्टरटेन्मेन्टले माघ १ मा पोखरामा गरिने कार्यक्रम निकै भब्य बनाउने तयारी गरिरहेको बताएको छ ।

सुपी रसाइली, तेजमाया पुन, सम्झना गुरुङको ड्रेस डिजाइन रहने ‘नेपाल फेशननिस्टा २०२२’ अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहने छन् भने कार्यक्रम भिजे प्रियारानी लामाले सञ्चालन गर्ने छिन् ।

प्रतिक्रिया
सम्बन्धित