बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

स्थानीय तहको निर्वाचन समयमै नहुँदा के–के आउँछन् समस्या ? एमाले महासचिवले औंल्याए यी असरहरू

दैनिक नेपाल २०७८ माघ ८ गते ९:३१

काठमाडौं, ८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन समयमै नगरिँदा विभिन्न समस्या आउने बताएका छन् ।

निर्वाचन टार्न सत्तारूढ दलहरूले स्थानीय तहको निर्वाचन गर्ने मिति नै पहिल्याउन नसकिरहेका बहाना बनाइरहेका बेला एमाले महासचिव पोखरेलले निर्वाचन समयमै गर्न नसक्दाका परिणाम र त्यसले उत्पन्न गर्ने असरहरूबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले समयमै निर्वाचन गरिएन भने स्थानीय तहको बजेट प्रस्तुत र पारित हन नसक्ने, आर्थिक वर्ष सकिएपछि गाउसभा र नगरसभाको अनुमतिविना सञ्चिच कोषवाट रकम खर्च नसकिने, शिक्षक तथा कर्मचारीको तलवभत्ता रोकिने, वहुवर्षीय क्रमागत विकास आयोजनाका काम रोकिनेलगायत समस्या उत्पन्न हुने बताएका छन् ।

यस्तो अवस्था सृजना गरिए मुलुक पुनः केन्द्रिकृत अभ्यासतर्फ फर्किने र सार्वभौम संसदले बनाएको कानुनको समेत उल्लंघन हुने उनको तर्क छ ।

उनले औंल्याएका वैशाखमा स्थानीय चुनाव नगर्दाका असरहरुः

– असार १० मा स्थानीय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने ।

– आर्थिक वर्ष सकिएपछि गाउसभा र नगरसभाको अनुमती विना संचित कोषवाट रकम खर्च नसकिने ।

– स्थानीय सञ्चित कोषवाट सुविधा पाउने शिक्षक कर्मचारीको तलव भत्ता रोकिने ।

– वहुवर्षीय क्रमागत विकास आयोजनाका काम रोकिन जाने ।

– संविधानतः ६–६ महिनामा वस्ने गाउ तथा नगरसभा वस्न नसक्ने । कुनै पनि नयाँ विकास निर्माण र सेवाप्रवाहका काम गर्न नपाइने ।

– स्थानीय तहबाट हुने सेवा प्रवाहमा जहाँ गाउँ तथा नगरसभा, वडाध्यक्ष र कार्यपालिका प्रमुखको निर्णयबाट हुने सबै काम अवरुद्ध हुने ।

– स्थानीय निकायको निर्वाचन नहुँदा जिल्ला समन्वय समिति, राष्ट्रपति र उपराष्ट्रपतिका साथै राष्ट्रिय सभाको निर्वाचन समेत प्रभावित हुने ।

– नेपाली विशेषताको संघीयताको मुल मर्ममाथि प्रहार हुने । पुनः केन्द्रिकृत अभ्यास तर्फ मुलुक फर्कने ।

– सार्वभौम संसदले बनाएको कानुनको उलंघन हुने ।

प्रतिक्रिया
सम्बन्धित