शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भ्वाइस अफ नेपालका फाइनलिस्ट आर्यन तामाङको ‘खुसी’ सार्वजनिक

दैनिक नेपाल २०७८ माघ ८ गते ९:५७

काठमाडौं, ८ माघ । द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन तामाङको सुमधुर स्वर रहेको गीत ‘खुसी’ सार्वजनिक भएको छ ।

रचनाकार अशोक खड्काको शब्द र संगीतकार निरोज लामाको कर्णप्रिय संगीत रहेको गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ‘खुसी’ नारीको गहना हो यसलाई सम्हाल्न माया गर्नेले सक्नु पर्छ, त्यही हो सच्चा माया भन्ने भाव व्यक्त गीतले व्यक्त गरेको छ ।

गीतको भावअनुसार भिडियोमा खुशी भन्ने एउटी रचनाकार केटीको खुशीलाई गायक आर्यनले बुझेर स्वीकार गरेको कथालाई देखाउने प्रयास गरिएको छ जसमा नयाँ कलाकार रोशन कालिकोटे र रविना थिङको अभिनय रहेको छ ।

अशोक खड्काको निर्देशन रहेको भिडियोमा सुशील बानियाको क्यामेरा र सुरेश राउतको सम्पादन रहेको छ । शब्द,संगीत र स्वरको उत्कृस्ट त्रिवेणी रहेको हुनाले यो गीतले स्रोता, दर्शकको मन जित्नेमा प्रस्तुतकर्ता पूर्ण खड्का विश्वस्त छन् ।

प्रतिक्रिया
सम्बन्धित