शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चीनले दिएको २० लाख खोप नेपाल आइपुग्यो

दैनिक नेपाल २०७८ माघ ८ गते १८:०२

काठमाडौँ, ८ माघ । चीन सरकारले नेपाललाई दिएको थप २० लाख सिरिन्ज खोप नेपाल आइपुगेको छ ।

चीनबाट आएको सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले जनाएको छ ।

दुतावासले महामारीविरुद्धको लडाईँमा नेपालसँग सधैँ साथमा रहेको जनाएको छ ।

त्यस्तै, नेपाललाई अवस्था र क्षमताअनुसार सहयोग गर्न तयार रहेको दुतावासले जनाएको छ ।

यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट किनेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित