बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

गाैरमा मन्त्री रेणु यादवको राजीनामा माग गर्दै प्रदर्शन

दैनिक नेपाल २०७८ माघ ८ गते १९:५७

रौतहट, ८ माघ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले मन्त्री रेणु यादवको राजीनामा माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।

शनिबार संघले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँदै गौर घटना दोह्र्याउने जस्तो हिंसा फैल्याउने अभिव्यक्ति दिएको भन्दै यादवको राजीनामा माग गरेका हुन् ।

युवा संघका कार्यकर्ताहरुले तुल ब्यानरसहित गौरस्थित मुख्य सडकमा प्रदर्शन गरेका हुन् । गौरस्थित एमाले पार्टी कार्यालय देखि सुरुभएको र्याली ब्यारेक फिल्ड हुँदै वीपी चोकमा कोणसभा परिणत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित