शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राप्रपाले बोलायो पदाधिकारी बैठक, विधानबाट हटाउला त ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ ?

दैनिक नेपाल २०७८ माघ ९ गते ९:५७

काठमाडौं, ९ माघ । निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समयसीमा तोकेर पत्राचार गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ ।

आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिएको छ ।

‘निर्वाचन आयोगको पत्रमाथि छलफल गर्न भन्दै राप्रपाले आज आइतबार दिउँसो १ बजे पदाधिकारी बैठक बोलाइएको हो । बैठकले निर्वाचन आयोगको पत्रबारे महत्वपूर्ण निर्णय वा आफ्नो धारणा बनाउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित