शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कामना सेवा बैंकद्वारा दुलेगौंडा शाखा उद्घाटन

दैनिक नेपाल २०७८ माघ १० गते ८:०९

काठमाडौं, १० माघ । कामना सेवा विकास बैंकले स्थानान्तरित दुलेगौंडा शाखा उद्घाटन गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा अवस्थित शाखा कार्यालयलाई सोही नगरपालिकाको वडा नं. ४ दुलेगौंडामा स्थानान्तरण गरी आइतबार उद्घाटन गरिएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र कलराम बरालले सो शाखाको संयुक्तरूपमा उद्घाटन गरेका छन् । ग्राहकवर्गको माग तथा सुविधालाई दृष्टिगत गर्दै ढोरफिर्दीस्थित शाखालाई दुलेगौंगामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले १२९ वटा शाखा कार्यालय, १/१ वटा विस्तारित शाखा र शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम बुथमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जानकारी बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित