बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

थप १० हजार ३१९ जनामा कोरोना, ४ जनाको मृत्यु, २ हजार ५४० निको

दैनिक नेपाल २०७८ माघ १० गते १६:१५


काठमाडौँ, १० माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १६ हजार ६५४ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ५४७ एन्टिजेन परीक्षण गरिएकोमा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ३३ हजार ६२६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख २४ हजार २३९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित