शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कास्कीमा अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय

दैनिक नेपाल २०७८ माघ १० गते १८:४९

पोखरा, १० माघ । कास्कीमा अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो ।

सूचनामा कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि स्थगन गरिएको जानकारी दिएको हो ।

कास्कीमा सोमबारसम्म २ हजार ९३९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा मात्रै ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तो छ कास्की जिल्ला प्रशासनको सूचनाः

प्रतिक्रिया
सम्बन्धित