शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रचना रिमालले ल्याइन् ‘उड्ने रहर’को म्युजिक भिडियो, गरिन् विरहका कुरा

दैनिक नेपाल २०७८ माघ ११ गते ८:५०

काठमाडौं, ११ माघ । बहुचर्चित गायिका रचना रिमालको स्वर रहेको ‘उड्ने रहर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा गायिका रचनाकै अभिनय देख सकिन्छ । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत, बरिष्ठ गीतकार किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको गीतले रिलिज गरिएको छोटो समयमा नै कैयौँ संगीतप्रेमी नेपालीहरुले सकारात्मक प्रतिक्रिया दिएको संगीतकार श्रेष्ठले बताए ।

उड्ने रहर त के भो र आकाश नै भुईमा खसेपछि जस्ता मर्मस्पर्शी शब्दहरुमा गायिका रिमाल बगेर सलल पोखेका भावहरुलाई भिडियोमा कैद गरिएको छ । मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देशक अर्यालले नै गरेका हुन् ।

भिडियो गायिका रिमालकै अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

प्रतिक्रिया
सम्बन्धित