शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘तिमीसँग माया’को म्युजिक भिडियो सार्वजनिक, पुष्प र स्मारिकाले गरे स्क्रिन शेयर

दैनिक नेपाल २०७८ माघ ११ गते ९:१३

काठमाडौं, ११ माघ । बहुप्रतिभाका धनी धिरेन लामाको स्वरमा नयाँ गीत ‘तिमीसँग माया’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

उनको आफ्नै शब्द, संगीत तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको चाहनालाई लक्षित गरेर बनाइएको गीतको एरेञ्ज अमृत ल्वागुनले गरेका छन् भने डिका गुरुङले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा पुष्प खड्का र स्मारिका दाहालले स्क्रिन शेयर गरेका छन् । पछिल्लो पुस्ताका व्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन तथा विकास धमलाको सम्पादन रहेको छ ।

गीतकार, संगीतकार तथा गायक समेत रहेका लामाले आफूले सबै उमेर समूहका दर्शक तथा श्रोताको भावना बुझेर यो गीत बनाएको बताए । दर्शक श्रोतालाई यस गीतलाई साथ दिनेमा आफू ढुक्क रहेको भनाइ उनको छ ।

प्रतिक्रिया
सम्बन्धित