शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

शान्ति सेवा गृहका बालबालिकालाई स्वर्णिम युगको शैक्षिक उपहार

एसपी उप्रेती २०७८ चैत २० गते १४:५३

-एसपी उप्रेती

काठमाडौँ, २० चैत । स्वर्णिम युग फाउन्डेसनले तिलगंगास्थित शान्ति सेवा गृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री उपहार प्रदान गरेको छ ।

आइतबार शान्ति सेवा गृहकै पांगणमा आयोजित एक कार्यक्रमका बीच त्यहाँका ४० जना बालबालिकाहरुलाई स्वर्णिम युगले एक थान ब्याग, ५ थान कापी, एक थान पानी बोक्ने बोतल, टिफिन बक्स, स्यानिटाइजर तथा मास्क वितरण गरेको हो ।

संस्थाका नेपाल अध्यक्ष मनऋषि धिताललगायतको उपस्थितिमा विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो ।

अष्ट्रेलियामा रहँदै आएका विवेक त्रिपाठीले गरेको योगदानलाई उनकै आमा रिता त्रिपाठीको उपस्थितिमा विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाका संरक्षक खेम शर्माद्वारा लिखित पुस्तक स्वर्णिम रहस्य विद्यालयका शिक्षकहरुलाई उपहार दिइएको थियो ।

विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै स्वर्णिम युगका नेपाल अध्यक्ष धितालले आफूहरुले ३०/३५ वर्ष अघि जुम्लामा जौको मसी, निगालोको कलम र भोजपत्रको कापीबाट शिक्षारम्भ गरेको स्मरण गर्दै अहिले प्राप्त भएको शैक्षिक सामग्रीहरुको सदुपयोग गर्न अनुरोध गरे ।

त्यस्तै, शान्ति सेवा विद्यालयकी शिक्षक सुनिता प्रधानले स्वर्णिम युगको उपहार प्रति धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई सफल बन्न मेहनत गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया
सम्बन्धित