शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बाल्टिमोरस्थित बानाको अध्यक्षमा सुबोध विलास पन्त विजयी

दैनिक नेपाल २०७८ चैत २१ गते १६:२९

काठमाडौँ, २१ चैत । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैर मुनाफामुलक सामाजिक संस्था संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) को अध्यक्षमा सुबोध पन्त विलास बिजयी भएका छन् ।

पदाधिकारीमा पन्त समूहका करिब सबै उम्मेदवारहरु बिजयी हुन् सफल भएका छन् ।

अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि सुबोध पन्त समूहबाट उम्मेदवारी दिएकाहरुमध्ये वरिष्ठ उपाध्यक्ष पदमा हिरा गुरुङको पक्षबाट लक्ष्मी भारती बाहेक लगभग सबै पन्तका समूहका उम्मेदारहरु बिजयी भएका छन् ।

पन्त दोश्रो कार्यकालका लागि पुनःविजयी भएका हुन् । २०२२–२०२५ को लागि निर्वाचन हुने पदाधिकारीहरुमा क्रमस अध्यक्ष पदमा सुबोध विलास पन्त, वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी भारती, महा सचिवमा सागर घिमिरे, कोषाध्यक्षमा पार्वती सिंह ऋचा बिजयी भएका छन् ।

यसैगरी कार्यकारी समितिको सदस्यहरुमा क्रमस बसन्त बस्नेत, भुपेन्द्र गुरुङ, इशा गुरुङ, खिम बहादुर मश्रागी, सन्तोष घिमिरे, सरु बिश्वकर्मा, श्याम कृष्ण कोइराला, र यमुना घिमिरे विजयी भएका छन् ।

यसअघि भिम केसी उपाध्यक्षमा निर्विरोध भै सकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित