मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

अनेसास स्पेनमा नयाँ कार्यसमिति गठन

दैनिक नेपाल २०७९ वैशाख १ गते १०:०२

स्पेन, १ वैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनले नयाँ नेतृत्व पाएको छ ।

मंगलबार बसेको कार्यसमितिको बैठकले ओमर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा भक्त पौडेल ‘आफन्त’ र गंगादेवी शर्मा चयन भएका छन् भने सचिवमा बिहान तिमल्सिना र
कोषाध्यक्षमा कुलचन्द्र पन्थी चुनिएका छन् ।

स्पेनभर छरिएर रहेका अनेसासका सक्रिय सदस्यहरूको सहभागितामा भएको उक्त साधारण सभाले दुर्गा तिमिल्सिना र कल्पना आचार्यलाई सदस्य चयन गरेको छ ।

अनेसासलाई स्पेनमा फैल्याउन सक्रिय नेतृत्व गर्ने अनेसास स्पेनका निवर्तमान अध्यक्ष साहित्यकार शारदा पौडेल नीशाको सभापतित्वमा आयोजित कार्यक्रम जूम प्रविधिका माध्यममा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित