बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बलिउड गायिका सोनु कक्कडको स्वरमा रहेको ‘शनिबारको दिन’ सार्वजनिक

दैनिक नेपाल २०७९ वैशाख २ गते ९:११

काठमाडौं, २ वैशाख । बलिउड गायिका सोनु कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत नयाँ वर्ष २०७९ को शुरूवातसँगै सार्वजनिक गरिएको छ ।

मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा सुशान्त खत्री, प्रदिप लामा, सन्तोषी कार्की र मनिष श्रेष्ठले अभिनय गरेका छन् । गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ स्यमले निर्देशन गरेका हुन् ।

भारतीय गायिका साथै नेपाली दर्शको माग बमोजिमको गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा आफू विस्वस्त रहेको गायक मनिष श्रेष्ठले बताए । बासु बरालको छायाँकन, सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रुपमा तयार गरिएको बताइएको छ ।

भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोशी कार्की, रोशनी तामाङ, सानु कार्की, गणेश पराजुली, राम कँडेल र मनिष श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रुपमा प्रकाश बस्नेतले समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित