शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘तिम्रो साथ’ म्युजिक भिडियो सार्वजनिक

दैनिक नेपाल २०७९ वैशाख २ गते ११:१८

काठमाडौँ, २ वैशाख । माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक भएको छ ।

लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतको रचना अमेरिकाको ओहायो शहरमा बस्दै आउनुभएका गीतकार रमेश लुइँटेलले गर्नुभएको छ । यस गीतलाई अमेरिकामा नै रहेका सङ्गीतकार आधार तुम्बापोले सङ्गीतबद्ध गर्नुभएको हो । गीतमा कर्म ग्याल्छेन बम्जनको सङ्गीत संयोजन रहेको छ ।

साथ छुट्ला भन्ने डरले आफ्नो शारीरिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुःखद् परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । ‘तिम्रो साथ छुट्ला भनी डराएर रोएँ’, ‘मनको पीडा मनमै दबाई कराएर रोएँ’, ‘यो मनबाट तिमीलाई अन्तै सराएरै रोएँ’ ‘बाध्यतालाई आफैँसँग हराएर रोएँ’ लगायत बोलका गीत म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा सुजिता शिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ । राम केसीले छायाङ्कन गरेको यस भिडियोलाई शीलन लम्सालले सम्पादन गर्नुभएको हो । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।–रासस

प्रतिक्रिया
सम्बन्धित