शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सुनको गजुरमा मिराज र स्मारिकाको मस्ती (भिडियो)

दैनिक नेपाल २०७९ वैशाख २ गते १७:४९

काठमाडौँ, २ वैशाख । पछिल्लो समय बजारमा होडबाजीका साथ म्युजिक भिडियो सार्वजनिक हुने क्रम बढ्दो छ । बजारमा गीत–संगीतको लोकप्रियता पनि बढ्दो छ । कस्तो स्वादको गीत रचना गर्दा दर्शक स्रोता आकर्षित गर्न सकिन्छ भनेर सर्जकहरु पनि पुरै लागिपरेको देख्न सकिन्छ ।

अझ भनौं अलिक समय अघिको तुलनामा अहिले म्युजिक भिडियोको स्तर निकै परिवर्तन भएको देख्न सकिन्छ । गुणस्तरीय छायांकन, ठुलो लगानी, अनि अहिलेको ट्रेन्ड अनुसार नै म्युजिक भिडियोलाई पनि फिल्मी शैलीमा निर्माण गर्ने लहर बढ्दो छ ।

अनि अर्को कुरा अहिले गीत संगीतलाई सफल बनाउनमा टिकटकको पनि ठुलो भूमिका रहेको छ । जसले गर्दा सर्जकहरुले पनि त्यतातिर ध्यान दिएर गीतहरु श्रृजना गर्ने गरेका छन् ।

यहिक्रममा नौलो डिजिटल लेजेण्ड फुटसल र एआरएएसको प्रस्तुतिमा रोशन टमाटा र सुरक्षा सेंचुरीको आवाजमा सजिएको ‘सुनको गजुर’ बोलको देउडा फ्लेवरको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा बहुप्रतिभाका धनी मिराज बिक्रम सिंह र टिकटकमार्फत लोकप्रियता कमाएकी अहिलेकी उदयमान कलाकार स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।

मिराज बिक्रम सिंहकै शब्द सिर्जना अनि अन्जान श्रेष्ठको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई रणधीर श्रेष्ठ र बिक्रम चौहानले संयुक्त निर्देशन गरेका हुन् भने प्रकाश खड्काको छायांकन रहेको छ । यसैगरी भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन् ।

मायाप्रेममा आधारित यो गीतका निर्माता लाल बहादुर महर्जन रहेका छन् । सुदुरपश्चिममा प्रचलित देउडा भाकामा आधारित आधुनिक विधाको यो मिठो गीतलाई दर्शकस्रोताले रुचाउने अपेक्षा गरिएको छ । भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित