शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

यसरी बन्छ पर्फ्युम, ह्वेलको बान्तादेखि भेडाको रौंसम्म प्रयोग !

दैनिक नेपाल २०७९ वैशाख ३ गते ८:२३

पर्फ्युम बनाउनका लागि फूल वा सुगन्धित बोटबिरुवाहरूको मात्र प्रयोग हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई छक्क लाग्ला तर आकर्षक पर्फ्युमका लागि अचम्मका कुराहरू प्रयोग गरिन्छन् ।

त्यस्ता चीजमा ब्लु ह्वेलको बान्ता पनि समावेश छ । ह्वेलको बान्तामा एम्बरग्रिस नामक पदार्थ हुन्छ र पर्फ्युम बनाउन त्यसको प्रयोग हुन्छ । यसको सुगन्ध अल्कोहलसँग म्याच गर्छ । लामो समय टिक्ने सुगन्धमा यही नै प्रयोग हुन्छ ।

एमसीएमसी फ्राग्रेन्सेस नामक कम्पनीले पर्फ्युम बनाउनका लागि बारुद वा गनपाउडर प्रयोग गर्छ ।आन्या मक्कोई नामक कम्पनीले पर्फ्युम बनाउन भेडाको रौं प्रयोग गर्छ ।

कतिपय पर्फ्युम कम्पनीले क्याक्टसको पनि प्रयोग गर्छन् । तर यसको कारणलाई अहिलेसम्म गोप्य नै राखिएको छ ।-एजेन्सी

प्रतिक्रिया
सम्बन्धित