शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बाल प्रतिभा प्रतियोगिता तथा पुस्तक विमोचन

दैनिक नेपाल २०७९ वैशाख ५ गते ९:१९

न्यूह्यामसायर, ५ वैशाख । अनेसास न्यूह्यामसायरले शनिबार एक भव्य समारोहबीच बाल प्रतिभा प्रदर्शन तथा चार वटा पुस्तक संयुक्त विमोचन तथा विमर्श कार्यक्रम आयोजना गरेको छ ।

विमोचित पुस्तकहरूमा ईश्वरी भट्टको ‘केही फूलका थुँगाहरू’, ‘गोपाल भण्डारीका छन्द कविताहरू’, सरिता अर्यालको ‘खुशीको फड्को’ र हरिमाया अधिकारीको ‘छोपिएको भाग्य रेखा’ गजलहरू छन् ।

कृतिमाथि क्रमशः गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, ईश्वरी भट्ट र रामचन्द्र भण्डारीले विवेचना गरेका थिए । विवेचना पश्चात कार्यक्रममा लेखकहरूले क्रमशः आफ्ना धारणा व्यक्त गरेका थिए ।

अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि, अनेसास बीओटी अध्यक्ष गीता खत्री र विशेष अतिथिहरूमा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, सल्लाहकार राम खत्री, कवि लालगोपाल सुवेदी, सरिता अर्याललगायत थुप्रै साहित्यकार एवम् विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बालबालिकाहरूको प्रतिभा उजागर गर्ने हेतुले सञ्चालित उक्त कार्यक्रममा ६ वर्षदेखि ११ बर्षको एक समूह र १२ देखि १८ सम्मको अर्को समूह थियो । जसमा बालबालिकाहरूले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा ६–११ समूहमा प्रथम आन्या वैद्य, द्वितीय अनुसा तामाङ, तृतीय ग्रूप डान्समा जुनीपर गुरूङ, दिक्षीता गुरूङ, विदीसा गुरूङ र सिनोरा गुरूङ भएका थिए भने १२–१८ समूहमा प्रथम देव शर्मा, द्वितीय रितेष आचार्य र तृतीय रिदम भण्डारी भएका थिए ।

कार्यक्रम पश्चात निर्णायक मण्डलका महेश्वर पन्त, शुशील गौतम र डा. मधु माधुर्यको तर्फबाट महेश्वर पन्तले विजेता उप विजेताहरूको नामावली प्रस्तुत गरेका थिए । दुबै समूहका प्रथमले ३०० डलर, द्वितीयले २०० डलर र तृतीय हुनेहरूले १०० डलरका दरले पुरस्कार पाएका छन् ।

सबै उप–विजेता सहभागिहरूलाई आकर्षक उपहार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा न्यूह्यामसायरका झण्डै सॅाढे दुई दर्जन बाल बालिकाहरूले भाग लिएका थिए । – ईश्वरी भट्टबाट

प्रतिक्रिया
सम्बन्धित