बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दर्शकलाई आकाश र सृजनाको ‘बसन्ती’ कोसेली

दैनिक नेपाल २०७९ वैशाख ६ गते ११:४०


काठमाडौँ, ६ वैशाख । आकाश श्रेष्ठ र सिर्जना कार्की अभीनित ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् । आकाश पाण्डे फिल्म निर्मातासमेत हुन् ।

उनले यसअघि निखिल उप्रेती र भारतीय अभिनेत्री मोनिका बेदीलाई लिएर ‘परिचय’ शीर्षकको फिल्म बनाएका थिए भने उनले निर्माण गरेको ‘कमिटमेन्ट २४ आवर’ बीचैमा रोकिएको थियो । आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ ।

माया प्रेमको भाव पस्कने गीतमा नवराज कलाउनी र विद्या तिवारीको स्वर रहेको छ भने गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ । गीतको शब्द रचना पनि नवराजकै हो ।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेका हुन् । गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

मान्द्रो मुभिजको प्रस्तुति रहेको गीतको निर्माता सुनिल कुमाल हुन् भने र सहनिर्माता अजय श्रेष्ठ र रन्जित सिंह रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित