शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

यस्तो छ एमालेको नयाँ चर्चित चुनावी गीत (भिडियोसहित)

दैनिक नेपाल २०७९ वैशाख ६ गते १४:०८

 

नेकपा एमालेको नयाँ चर्चित चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ सार्वजनिक भएको छ ।

‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।

डिम प्रसाद पौडेल, राजेन्द्र सापकोटा लगायतले निर्माण गरेको गीतमा यसपटक लोकप्रिय कलाकारहरुलाई समावेश गरिएको छ ।

पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत बहुचर्चित छ ।

गीत सैं पनि एमाले जत्तिकै लोकप्रिय हुने देखिएको छ । सैं पनि एमाले बोलको गीतले ४२ लाख बढी भ्युज कलेक्सन गरेर त्यो बेला युट्युब ट्रेण्डिङमा थियो ।

सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ, गंगा पुन, भिमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, डोलराज मगर, प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित