शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कुमार मोक्तान अभिनित ‘दोर्जे डन ब्याक अगेन’ युटुब ट्रेण्डिङमा

दैनिक नेपाल २०७९ वैशाख ७ गते ९:५७

काठमाडौं, ७ वैशाख । तामाङ मेगास्टार कुमार मोक्तान र नायिका सिता लामा अभिनित तामाङ कथानक चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ युटुबको ४४ ट्रेण्डिङमा आएको छ ।

ओेएसआर डिजिटलबाट सार्वजानिक गरिएको उक्त चलचित्र युटुबमा अपलोड गरेको ४ दिनपछि युटुबको ४४ ट्रेन्डिङमा आएको हो ।

उक्त चलचित्रले तामाङ इतिहास मै पहिलोपटक युटुब ट्रेन्डिङमा आएको चलचित्रमा नाम दर्ता गर्न सफल भएको छ । यो चलचित्रको समाचार तयार पार्दासम्म युटुबमा उक्त चलचित्रलाई १ लाख ४३ हजार ५७९ बढी दर्शकले हेरिसकेका छन् ।

अहिले कुनै पनि प्रकारको भिडियो, चलचित्र युटुबको ट्रेण्डिङमा पर्‍यो भने त्यसले खास अर्थ राख्छ । किनकी, युटुबले नेपालमा पनि ट्रेन्डिङको सुरुवात गरेपछि अहिले भिडियो बनाउनेहरु आफ्नो साम्रग्री कती हिट भैरहेको छ भनेर थाहा पाउन उत्सुक हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित