शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इन्द्रेणीका कृष्ण कंडेल र मन्जु पौडेलको कडा दोहोरी, गुल्मी महोत्सबको अन्तिम दिन इन्द्रेणी टिमको बब्बाल रमाइलो

दैनिक नेपाल २०७९ वैशाख ७ गते १३:०२

गुल्मी, ७ वैशाख । गुल्मी महोत्सवको अन्तिम समापनको दिन ईन्द्रेणी टिमका कलाकारहरु आउने भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवको समापनको दिन बैशाख ६ गते ईन्द्रेणी टिमका कलाकाहरुको बिशेष प्रस्तुति रहने महोत्सव मुल आयोजक प्रचार प्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए ।

चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ६ गतेसम्म चलेको छ । बैशाख ४ गतेसम्म चल्ने मिति तय भएपनि २ दिन समय थपेर ६ गतेसम्म लम्बाइएको हो । समापन कार्यक्रममा ईन्द्रेणीका कृष्ण कंडेल, छत्र शाही, मनमाया वाइवा लगायतका कालाकारहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए ।

कार्यक्रममा बोमबहादुर कार्की, प्रकाश दुधराज, मञ्जु भट्टराई लगायत बिभिन्न नृत्यहरु पनि राखिने कंडेलले बताए । हेर्नुस धमाका : https://youtu.be/840a4nSbPS4

प्रतिक्रिया
सम्बन्धित