बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सुन्दरी मोडल लक्ष्मीसँग रोमान्स गर्दागर्दै भेटीए ह्याण्डसम मोडल जिम्बे

दैनिक नेपाल २०७९ वैशाख ८ गते ८:११

काठमाडौं, ८ वैशाख । गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ ।

राईकै शब्द सृजनामा तयार पारिएको माया बिछट्टै बोलको गीत रिलिज गरिएको छोटो समयमा नै ट्रेण्डिङमा आएको छ । जसमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ ।

गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ । भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ ।

रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएका मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन् । सार्वजनिक गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।

गीतकार तथा मोडल राईले यसअघि रिलिज गरेको ‘ए जिन्दगी’ बोलको गीतले राम्रो चर्चा कमाएको थियो । सोही गीतबाट पनि हौसिएका मोडल राईले एकपछि अर्को गर्दै नयाँ–नयाँ सृजनाहरू बजारमा ल्याइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित