शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सुनिता र पेपराजको चोरुलुङ पार्कमा त्रिभुवनको अभिनय

दैनिक नेपाल २०७९ वैशाख ८ गते ८:३५

काठमाडौं, ८ वैशाख । गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चोरुलुङ पार्क’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबार गायक राजेश पायल राईले एक कार्यक्रमबीच उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको गीतको भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी तथा व्यवसायी त्रिभुवन लुम्फुङवा लिम्बु र सोना पालुङवा रहेका छन् ।

बिगत लामो समयदेखि हङकङमा कार्यरत तथा गीतकार समेत रहेका त्रिभुवन लुम्फुङवा लिम्बुले यसै गीतबाट कलाकारिताको यात्रा तय गरेका छन् । तरुण युुवा युवतीको पहिलो भेट मायामा परिणत भई विवाहको मगनीसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शक श्रोताको मन जित्ने कुरामा आफु विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए ।

प्रतिक्रिया
सम्बन्धित