बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

सरोज र बिमलाको यस्तो छ लोकदोहोरी ‘मुसौरी’ (भिडियोसहित)

दैनिक नेपाल २०७९ वैशाख ८ गते २१:०१

काठमाडौँ । गायक सरोज लामिछाने र बिमला पन्तको नयाँ लोकदोहोरी ‘मुसौरी’ सार्वजनिक भएको छ ।

लामिछानेकै शब्द र संगीत रहेको दोहोरीमा आर के मिलनले म्युजिक एरेन्ज गरेका छन् । त्यस्तै, गीतको मिक्सिंग कुमार राना मगरले गरेका छन् ।

हरिश निरौला ककरोच र बिनु शाक्यको अभिनय रहेको भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् भने नवराज उप्रेतीको कोरियोग्राफी रहेको भिडियोको नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

केही दिन अघि सरोज लामिछाने अफिसियल च्यानलबाट युट्युबमा रिलिज भएको गीतमा हालसम्म ४ लाख ७३ हजार बढी भ्युज पुगेको छ ।

भिडियो:

प्रतिक्रिया
सम्बन्धित