मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

यस्तो भयो नायिका केकी र रोहितको विवाह (तस्वीरसहित)

दैनिक नेपाल २०७९ वैशाख ८ गते २०:००

काठमाडौँ, ८ वैशाख । नायिका केकी अधिकारी र व्यवसायी रोहित तिवारीले लगनगाँठो कसेका छन् ।

वुधबार नै विवाह भएको हल्ला भए पनि उनीहरुले बिहीबार सानो जमघटमा परम्परागत रुपमा विवाह गरेका हुन् ।

विवाहपश्चात केकीले सामाजिक सञ्जालमा विवाहको शुभ समाचार बाँड्न पाएको आफू हर्षित रहेको बताइन् । उनले जीवनको नयाँ अध्यायमा सबै आशीर्वाद प्राप्त गर्ने अपेक्षा राखेको बताइन् ।

‘यहाँहरुको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं,’ उनले भनेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित