शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अनेसास ‘बाल–तारा’ पुरस्कारको घोषणा

दैनिक नेपाल २०७९ वैशाख ९ गते ९:०९

अमेरिका, ९ वैशाख । प्रवासमा जन्मिएका र हुर्किएका १८ वर्षमुनिका भाइ बहिनीहरूलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उद्देश्यले ‘अनेसास बालतारा’ पुरस्कारको स्थापना गरिएको छ ।

अनेसासको मासिक बाल कार्यक्रम ‘बाल–तारा’मार्फत प्रतिभाको खोजी गर्दै यो पुरस्कारको परिकल्पना गरिएको हो । यसको प्रथम संस्करणस्वरूप पहिलो पटक यो पुरस्कारको घोषणा गरिएको छ ।

जसअनुसार पहिलो पटक आभाष अर्याल (भर्जिनिया, अमेरिका), एभरेष्ट म्युजिकल ब्याण्ड (बोष्टन, अमेरिका), जेनिशा थापा (टोकियो, जापान), वृष्टी दवाडी (सिड्नी, अस्ट्रेलिया), कन्चन दाहाल (भर्जिनिया, अमेरिका), लिदिया भुसाल (बार्सिलोना, स्पेन) र सचिन चापागाईं (डीसी, अमेरिका)लाई प्रदान गरिने भएको छ ।

बालतारा कार्यक्रम सञ्चालिका विमला निरौलाको संयोजकत्वमा अमेरिकाबाट राजेन्द्र श्रेष्ठ र तारा अधिकारी, अष्ट्रेलियाबाट महेश्वर शर्मा र डा. प्रकाश पौडेल, युरोपबाट शारदा पौडेल निशा, जापानबाट रविन शर्मा र प्रदीप थापा रहेको प्रतिभा छनोट समितिले निर्णय गरेको उक्त पुरस्कारमा एकसय पाँच डलर र प्रमाणपत्र रहेको छ ।

यही शुक्रबार र शनिबार हुने बाल सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित