शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मिलनको ‘आमा’ सार्वजनिक

दैनिक नेपाल २०७९ वैशाख १० गते ९:४५

काठमाडौं, १० वैशाख । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् ।

नजिकिँदो मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै श्रेष्ठले शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज शिवाकोटीको शब्द एवम् संगीतमा गीतमा स्वर दिएका हुन् । गीतलाई सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा गायक मिलन स्वयंमका साथमा चरित्र अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । निशाल पौडेलको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

‘मिलन गीता श्रेष्ठ’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित