शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

शान्ति श्री परियार र सचिन भट्टराईको नयाँ दोहोरी गित ‘छायाँ सिसाको’ सार्वजनिक (भिडियोसहित)

दैनिक नेपाल २०७९ वैशाख १२ गते १४:१३

काठमाडौँ, १२ वैशाख । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सिद्धकाली डिजिटल प्रा।ली।को प्रस्तुतिमा गायक सचिन भट्टराईको ुछायाँ सिसाकोु गितको अफिसियल म्युजिक भिडियो डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र गायक सचिन भट्टराईले गाएको उक्त गितमा सर्जक हरिाम पाण्डेको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा माया प्रेमकै विषयवस्तु दर्शाईएको छ ।

प्रकाश भट्टको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको गितको म्युजिक भिडियो चर्चित हाँस्य कलाकार एवम् मोडेल खड्ग बहादुर पुन मगर खबपु र रुविना अधिकारीको डान्सिङ्ग फिचर एवम् अभिनय रहेको छ  अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छायांकन एवम् विष्णु शर्माको सम्पादन रहेको छ ।

गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ  गितको म्युजिक भिडियो को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

प्रतिक्रिया
सम्बन्धित