शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्थानीय चुनावः एमाले हराभरा, गठबन्धन कठैबरा

निर्मल भट्टराई २०७९ वैशाख २० गते १९:४०

-निर्मल भट्टराई

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भइसकेपछि बनेको संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन जनताको घरदैलोमा आईपुगेको छ ।

यो निर्वाचनमा देशको सबभन्दा ठूलो राजनीतिक शक्ति नेकपा(एमाले) नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनविच कडा चुनावी टक्कर हुदैछ । चुनाबी प्रतिपर्धामा एमाले सबैतिर हावी हुने लगभग पक्का छ ।

एमालेःसन्तुलित व्यवहारिक

पार्टी उद्गम हुँदा नौलो जनवादी कार्यक्रम र लडाकु पार्टीको रुपमा भए पनि ०३७ सालदेखि जनपरिचालनको कार्यनीति लिएर तत्कालीन नेकपा(माले)ले आफूलाई व्यापक जनतामा आफूलाई स्थापित गर्‍यो । कठोर पञ्चायती दमन छलेर उसले आफ्नो राष्टव्यापी सञ्जालमात्र निर्माण गरेन, नेपाली कांग्रेससंग मिलेर पञ्चायती निरंकुशताको अन्त्य गर्न सफल भयो ।

०४६ सालको परिवर्तनपछि भएको संसदीय निर्वाचनमा सशक्त प्रतिपक्षमा संसदमा उपस्थित भएपछि तत्कालीन महासचिव मदन भण्डारीले नब्बेको दशकमा विश्वमा आएको परिवर्तन र नेपाली जनताको बहुलवादी चरित्रसंग मेल खाने जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको सर्वस्वीकृत नीतिको रुपमा अगाडि बढाउन सफल हुनुभयो । वाम आन्दोलनका विभिन्न  विभिन्न भङ्गालाहरुलाई समेट्दै एमाले अगाडि बढ्यो ।

लोकतन्त्रका विश्वव्यापी मान्यतालाई एमालेले देशको समग्र परिवेशमा मात्र होईन,आफ्नो आन्तरिक पार्टी जीवनमा समेत पूर्णरुपेण आत्मसात गर्‍यो । परिणामस्वरुप एमालेले सो अघि नेपाली कांग्रेसको प्रभावमा रहेको नेपालको राष्टिय पूँजीपति वर्ग र मध्यम वर्गमाथि आफ्नो प्रभाव विस्तार गर्न सफल  भयो ।

लोकतन्त्र,राष्टियता, जनजीविका, मानवअधिकार, विधिको शासनप्रतिको उसको प्रष्ट अडानका कारण सबै तहका जनतामा आफ्नो विश्वसनियता निरन्तर बढाउन एमाले सफल रह्यो । के पी ओली नेतृत्वको ४१ महिने सरकारले देशको भू-भाग जोगाउने, बढाउने र देशमा विकास र समृद्धिको क्षेत्रमा कायापलट गर्‍यो । समाजवादको आधार तयार पार्‍यो ।

सवल नेतृत्व, गुटबन्दीरहित पार्टी

नेकपा(एमाले)मा समकालीन नेपाली राजनीतिमा सबभन्दा शीर्ष नेतृत्व पुञ्ज छ । ०४६ सालको जनआन्दोलन र ०६२÷०६३ सालको जनक्रान्तिको  सफल नेतृत्व गरेका नेताहरु केवल नेकपा(एमाले)मा मात्र छन् ।

केपी ओलीको राजनीतिक उचाई र सुझबुझ, ईश्वर पोखरेलको कुशल सांगठानिक व्यवस्थापन र शंकर पोखरेलको वैचारिक क्षमता र कुशल साङ्‌गठानिक कार्यशैली वर्तमान नेपाली राजनीतिमा प्रतिस्पर्धारहित छन् ।

त्यस्तै बादल टोपबहादुर लगायतका नेताहरुले जनतामा राम्रै प्रभाव राख्दछन् । नेपाली कांग्रेसको जस्तो नेतृत्वको स्खलन एमालेले भोग्नु परेको छैन । सधैं मान र अपमानको बखेडा झिकेर पार्टीमा बबण्डर मच्चाउने माधव नेपाल केही आउटडेटेड नेता लिएर बाहिरिएपछि एमालेको राजनीतिक अग्रगतिले तीव्रता पाएको छ । पार्टी सबलीकरणमा अद्वितीय बल पुगेको छ ।

शक्तिशाली सांगठानिक सञ्जाल

एमालेको संगठनलाई अरु पार्टीका शीर्ष नेताहरुले समेत प्रशंसा गर्ने गरेका छन् । पार्टी जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्त अंगालेदेखि नै एमालेको आफ्नो आन्तरिक पार्टी जीवनमा लोकतन्त्रको पूर्णरुपेण अंगिकार गर्दै आएको छ ।

एमालेको विधान  नेताको ईच्छामा बन्धक हुने “सो पिस” होइन । पार्टी अध्यक्षदेखि संगठित सदस्यसम्मले बराबरी सम्मान र परिपालना गर्ने गतिशील दस्तावेज हो । पार्टीभित्रका सबै गतिविधि एउटा निस्चित पद्धति र परम्पराअनुसार चल्ने हुँदा पार्टीभित्र कोही पनि स्पेस विहीन हुनु पर्दैन ।

यही कारण हो, आज समाजका हरेक क्षेत्रमा एमालेका शक्तिशाली इकाई कार्यरत छन् । तिनै इकाईको वरिपरि लाखौंलाख जनता गोलबन्द छन् । स्थानीय तहको चुनावको माहौल देख्दा लाग्छ,एमाले, के.पी ओली र सूर्य-चिन्ह सबभन्दा जनप्रिय बनेका छन् ।

संघीयताको व्यवस्थापन

२०७४ सालमा सम्पन्न स्थानीय तहको प्रथम  निर्वाचनले एमालेले भनेजस्तो जनता नेपालकै विशिष्टतामा आधारित संघीयताको पक्षमा छन् भन्ने प्रष्ट पारिसकेको छ । संघीयतालाई आधार बनाएर देशमा अशान्ति मच्चाउन प्रयत्न गर्ने दृश्य अदृश्य शक्तिलाई परास्त गर्दै त्यस लगत्तै बनेको के पी ओली सरकारले सथानीय तह र प्रदेश सरकारलाई आवश्यक पर्ने सबै ऐन कानुनहरूको तर्जुमा गरिसकेको सन्दर्भमा  आधारभूत तहमा एमाले विगतको भन्दा झन शक्तिशाली बन्नु नितान्त स्वभाविक छ ।

 स्थानीय निर्वाचनमा जातीय पहिचानसहितको संघीयताका पक्षधर र माओवादीवादी दल पनि सङ्‌घीयतामा खासै रूचि नराख्ने नेपाली काङ्‌ग्रेसको छाता मुनि गोलबन्द भए पछि मधेशमा समेत एमाले बर्चश्व विस्तार भएको छ ।

नेपालको संविधान २०७२ प्रति शुरूमा केही असहमति राखने मधेशमा एमाले लोकप्रिय हुदै जानुले  संविधानसभाभित्रको लामो रस्साकस्सी,राष्टव्यापी छलफल, बहस र परामर्शपछि संविधानमा हाल व्यवस्था भएको संघीयताको मोडललाई आसन्न स्थानीय तहको निर्वाचनमा मधेशी जनताले  गर्ने निश्चित छ ।

नेकपा(एमाले)संग एक्लाएक्लै प्रतिस्पर्धा गर्न नसकेर एमालेबाहेक सबै दलले मोर्चाबन्दी गरे पनि राष्ट्रव्यापी तालमेल गरे पनि जनताले त्यो गठबन्धनलाई मान्यता दिएका छैनन् । प्रचण्डपुत्रीलाई जसरी पनि जिताउनु पर्ने भएकोले मात्र यो तालमेल गरिएको हो भन्ने आम बुझाइ छ ।

इमान्दार स्थानीय नेता कार्यकर्ता चुनाबी मैदानमा

तुलनात्मक हिसाबमा हेर्दा अधिकांश एमाले र माओवादी कार्यकर्ताहरु जनताको सेवामा अरु पार्टीभन्दा अब्बल छन् । उनीहरु सहकारी, बन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, क्लव, विद्यालय व्यवस्थापन समिति, रेडक्रस, स्थानीय सामाजिक सङ्घ संस्थामा बाम कार्यकर्ताको बाहुल्यता रहदै आएको छ । त्यसबाट उनीहरुको सक्षमता अभिबृद्धि भएको मात्र नभई आर्थिक पारदर्शिता र ईमान्दारी समेत जनताले अनुभूत गर्ने अवसर प्राप्त भएको छ ।

अधिकांशले “जीवन संघर्ष हो, संघर्ष हो जीवन” भन्ने गीत गाउदै आफ्नो जीवनलाई समेत संघर्षमय बनाएका छन् । नेकाका नेता कार्यकर्तामा गान्धीवादी निष्ठा र सरलता हराउदै जानु, एमालेका स्थानीय नेता कार्यकर्तालाई बढी फाइदा भएको छ । यो वा त्यो जिम्मेवारीमा रहेर काम गर्दा अधिकांश एमाले नेता कार्यकर्ता “गन्हाउन”बाट बचेका छन् ।

गठबन्धनको चिल्लीबिल्ली

नेकपा(एमाले)संग एक्लाएक्लै प्रतिस्पर्धा गर्न नसकेर एमालेबाहेक सबै दलले मोर्चाबन्दी गरे पनि राष्ट्रव्यापी तालमेल गरे पनि जनताले त्यो गठबन्धनलाई मान्यता दिएका छैनन् । प्रचण्डपुत्रीलाई जसरी पनि जिताउनु पर्ने भएकोले मात्र यो तालमेल गरिएको हो भन्ने आम बुझाइ छ ।

तालमेल भएको भनिएका पालिकामा बागीको बिगबिगीले केन्द्रमा कायम विजातीय गठबन्धन स्थानीय तहसम्म पुग्दा झन विद्रुप भएको छ । गठबन्धनको विचल्नी भएको छ । नौरङ्‌गी तालमेल देखेर जनता हैरानमात्र छन् । कुन दलको कुन उम्मेद्वारलाई नागबेली शैलीमा भोट हाल्न पर्ने हो थाहा नपाएका गठबन्धन दलका मतदाता रणभुल्लमा छन् ।

प्रतिक्रिया
सम्बन्धित