शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाँय !

दैनिक नेपाल २०७९ वैशाख २१ गते ११:२८

काठमाडौँ, २१ वैशाख । इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् । दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउछ । जब बिरालो छेउमा आउछ, अर्का व्यक्तिले लात्तीले हानेर समुद्र किनरमा खसालिदिन्छन् ।

लगत्तै, दोस्रो बिरालो त्यहाँबाट उम्किन्छ र एक महिला हाँसेको भिडियोमा सुन्न सकिन्छ । तत्कालै स्थानीयले बिरालोलाई पशु चिकित्सककहाँ पु¥याउछन् । धन्य बिरालोलाई खासै चोट लागेको हुँदैन । यो घटना हो ग्रीसको एउटा रेस्टुरेन्टको ।

रेस्टुरेन्टमा बिरालाको बच्चालाई लात हानेर समुन्द्रमा हानेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पशु दुव्र्यवहारको आरोप लागेर दोषी ठहर भएमा उनलाई १० वर्ष जेल सजाय र ५० हजार युरो जरिवाना हुनेछ ।

उक्त भिडियोले ग्रीसमा सामाजिक सञ्जालमा आक्रोश मच्चाएपछि ती व्यक्तिलाई पक्राउ गरिएको थियो । ग्रीसका प्रहरी मन्त्रीले ‘जन्तु विरुद्धको हिंसा अस्वीकार्य’ भन्दै दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘म यस विषयमा जनताको ध्यानाकर्षण गराउनेहरूलाई हार्दिक धन्यवाद दिन्छु’, टाकिस थिओडोरिकाकोसले भने ।-एजेन्सी

प्रतिक्रिया
सम्बन्धित