बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कसले चलायो विमानस्थलमा ६ ठाउँ बम भएको भ्रामक हल्ला ?

एसपी उप्रेती २०७९ वैशाख २१ गते १२:१४

-एसपी उप्रेती

वुधबार विहान त्रिभुवन विमानस्थलमा यात्रुहरु आआफ्नो उडानका लागि बसमा चढिसकेका थिए । नियमित उडानहरु भइरहेका थिए । अवतरण पनि हुने क्रममा थिए ।

एक्कासी विमानस्थलका टर्मिनलमा ६ स्थानमा बम भएको फोन आयो । विमानस्थलका पदाधिकारी र सुरक्षाकर्मीहरु हतास हुँदै सर्च अपरेसनका लागि तयार भए । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विमानस्थलका सुरक्षा दलले सर्च अपरेशन चलाए ।

त्यसका लागि सबै यात्रुहरुलाई बाहिर निकालियो । त्यही फोनमा आएको सूचनाका आधारमा सर्च अपरेसन गरियो । करिब एक घण्टा सर्च अपरेशनमा कहीँ पनि बम वा अन्य कुनै शंकास्पद वस्तु फेला नपरेको सुरक्षाकर्मीले पुष्टि गरे । त्यसपछि विमानस्थलले कुनै पनि शंकास्पद वस्तु नभेटिएको जानकारी गरायो । र नियमित उडानका लागि पुनः विमनस्थला सुचारु भयो ।

अब प्रश्न उठ्यो कि अन्तर्राष्ट्रिय विमानस्थलमा आतंका मच्चाउने किसिमले कसले कहाँबाट किन के कारणले फोन गर्यो त ?

फोनबाट आएको भ्रामक सूचनाले करिब एक घण्टा विमानस्थलमा हंगामा भयो । तनावग्रस्त स्थितिको सिर्जना हुने गरी नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन आएको थियो । अज्ञात व्यक्तिबाट आएको फोनमा विमानस्थलका आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिइएको विमानस्थलको भनाइ छ ।

यसबारेमा प्रहरीलाई बुझ्दा प्रहरीले डिङटोङ नामक एप्स प्रयोग गरेर विदेशबाट फोन आएको प्रारम्भिक जानकारी दिएको छ ।

प्रहरीले त्यसरी भ्रामक सूचना फैलाउने गरी फोन गर्ने व्यक्ति वा गिरोहबारे अनुसन्धान भइरहेको जनाएको छ ।

हाल विमानस्थलको स्थिति सामान्य बनिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित