सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

आईपीएलमा रोचकः खेल हुँदै गर्दा युवतीले गरिन् प्रेमीलाई प्रपोज

दैनिक नेपाल २०७९ वैशाख २२ गते ८:१८

काठमाडौँ । पुनेमा चेन्नई र बैंगलोरबीचको आईपीएल खेलको दौरान एक रोचक घटना क्यामेरामा कैद गरिएको छ ।

चेन्नईको इनिङ्समा एक युवतीले घूँडा टेकेर प्रेम प्रस्ताव राखिन् । युवकले पनि आफ्नी प्रेमिकालाई अँगालो हालेर औँठी लगाएर प्रस्ताव स्वीकार गरे । चेन्नईको इनिङ्सको ११ औँ ओभरमा यो जोडी टिभी स्क्रिनमा देखाइएको थियो ।

उनीहरुलाई दर्शकले ताली बजाएर बधाई दिए । उक्त भिडियो र फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित