शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

टवाइलेटमा खसेको फोन निकाल्न खोज्दा जब महिला स्वयम् टवाइलेटभित्र खसेपछि….

दैनिक नेपाल २०७९ वैशाख २४ गते ६:३७


शौच गर्ने बेलामा मोबाइल चलाउँदा एक महिलाको झण्डै ज्यान गएको घटना बाहिरिएको छ । अमेरिकाको सियाटल शहर नजिकैको ओलम्पिक नेशनल फरेष्ट भित्र रहेको ट्वाइलेटमा उक्त घटना भएको हो । वन घुम्न गएकी पीडित महिलाले त्यहाँ भित्रको कार पार्क नजिक रहेको ट्वाइलेट प्रयोग गरेकी थिइन् ।

शौचको क्रममा मोबाइल चलाइरहेकी पीडित महिलाको मोबाइल अकस्मात ट्वाइलेटभित्र खस्न पुग्यो । ब्रिनन फायर डिपार्टमेन्टका प्रमुख टिम म्यान्लेकाअनुसार ट्वाइलेटमा मोबाइल खसेपछि महिलाले पहिले ट्वाइलेटको बस्ने सिट निकालिन् । त्यसपछि कुकुरलाई बाँध्ने डोरीमा आफूलाई बाँधेर ट्वाईलेटभित्र हामफालेकी थिइन् ।

बाहिर पनि डोरी बाधेकाले झुण्डिने सोचेकी महिला बढी भारका कारण ट्वाईलेटभित्रै खसिन् । वनको सो ट्वाईलेट ‘भल्ट ट्वाईलेट’ थियो, जसमा शौच गर्न बस्ने भाग मुनी ट्यांकी वा ठूलो खाल्डो हुन्छ । म्यान्लेकाअनुसार ट्वाइलेटमा खसेपछि महिलाले एक्लै १० देखि १५ मिनेटसम्म बाहिर निस्किन प्रयास गरिन् । तर उनको प्रयास सफल हुन सकेन ।

भाग्य ट्वाईलेटभित्र खसेको मोबाइल सहिसलामत अवस्थामा भेटियो । लगतै महिलाले आपतकालिन सेवामा फोन गरेर सहयोग मागिन् । वनको अग्नि नियन्त्रक टोली तत्काल महिलाको उदारमा पुग्यो । पीडित महिलाको नाम भने खुलाइएको छैन ।

उद्दार गरेपछि महिलाले अग्नि नियन्त्रकसँग आफू चोटमुक्त रहेकी भन्दै उम्किन हडबडाएकी म्यान्लीले बताए । अग्नि नियन्त्रकले भने उनलाई मानव मलमुत्रमा डुबेकाले चिकित्सकको सहयोग खोज्न आग्रह गरेका थिए ।

‘म विगत ४० वर्षदेखि वन क्षेत्रमा काम गरिरहेको छु तर यस्तो घटना पहिलोपटक देखेँ,’ म्यान्लीले भने । –एपी

प्रतिक्रिया
सम्बन्धित