सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

मड्रिड डर्बीमा रियल पराजित

दैनिक नेपाल २०७९ वैशाख २६ गते ७:२६

काठमाडौँ, २६ वैशाख । एथ्लेटिको मड्रिडले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने नजिक पुगेको छ । ला लिगाको उपाधि जितिसकेको रियलले आइतबारको खेलमा टोलीमा सातवटा परिवर्तन गरेको थियो ।

यसको फाइदा उठाउँदै एथ्लेटिकोले रियलमाथि शुरुदेखि नै दबाब बनाएको थियो । पहिलो हाफमा यानिक कारास्कोले पेनाल्टीबाट गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो । जीतपछि डिएगो सिमिओनीको टोली ६४ अंकसहित लिगको चौथो स्थानमा रहेको छ । पाँचौ स्थानमा रहेको रियल बेटिसभन्दा टोली ६ अंकले अघि रहेको छ ।

आइतबारकै अन्य खेलमा तेस्रो स्थानमा रहेको सेभिया भिल्लारियालसँग १ १ को बराबरीमा रोकियो भने एस्पानियोल र ओसासुना तथा गेटाफे र रायो भायोकानोले पनि अंक बाँडे । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित