शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सारेगम लिटिल च्याम्पियनबाट चर्चा कमाएकी रोशाले ल्याइन् ‘मलाई बिर्स नभनिदेउ’

दैनिक नेपाल २०७९ वैशाख २६ गते १२:४१

काठमाडौँ, २६ वैशाख । झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी सो सारेगम लिटिल च्याम्पियनमा सहभागी भएसँगै चर्चामा आइन् ।

सुमधुर स्वरकी गायिका रोशाको स्वरमा रहेको ‘मलाई बिर्स नभिनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाको स्वरमा सार्वजनिक भएको यो गीतले राम्रो चर्चा बटुलिरहेको छ ।

दिनेशराज पुरीको शब्द सिर्जना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोको सम्पादन लक्ष्मन चौहानले गरेका हुन्, भने निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

भिडियोमा गायिका रोशा नै फिचर छिन् । गायक सुवास पुरीको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियो म्यूजिक जक्सनबाट बजारमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित