बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

लखनउलाई हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

दैनिक नेपाल २०७९ वैशाख २८ गते १०:३९

काठमाडौँ, २८ वैशाख । गुजरात टाइटन्सले बुधबार रातिको खेलमा लखनौ सुपर जायन्टलाई हराउँदै इन्डियन प्रिमियर लिग आईपीएलका शीर्षस्थानमा कायम छ। यो वर्ष आईपीएलमा पहिलो पटक सहभागी बनेको गुजरातले १२ खेलमा नवौं जित निकाल्ने क्रममा लखनौलाई ६२ रनले हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पुरा ओभर खेल्दै चार विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा उसले लखनौलाई १३ ओभर पाँच बलमा सम्पूर्ण विकेट गुमाएर ८२ रनमै समेटेपछि लखानौले ठूलो हार बेहोरेको हो।

प्रतिक्रिया
सम्बन्धित